भाद्र ६ वीरगञ्ज। वीरगञ्जस्थित होटल रानीपोखरी सेमी–आइसोलेसन सेन्टरबाट २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
होटल रानीपोखरीमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जना डिस्चार्ज भएको आइसोलेसनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिए ।
वीरगञ्ज–२५ सिर्सिया बस्ने ४६, ५८, ६०, ४८, ५०, ४२, ३६, ५०, ५५ र ७२ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । वीरगञ्ज नगवा बस्ने २५ र २६ वर्षीय युवक, वीरगञ्ज प्रगतीनगर बस्ने २४ वर्षीया महिला र ५५ वर्षीय पुरुषले पनि कोरोना जितेका छन् ।
यसैगरी वीरगञ्ज छपकैया बस्ने ४७ वर्षीय पुरुष, रामगढवाका १६ वर्षीय पुरुष, श्रीपुरका ६० वर्षीय पुरुष र २३ वर्षीय युवक तथा पावरहाउस बस्ने १९ वर्षीय युवक र वीरगञ्ज–१३ का २३ वर्षीय युवकले पनि कोरोना जितेका छन् ।
१४ दिन रानीपोखरी आइसोलेसनमा बसेका रामचन्द्र मिश्रले समय–समयमा नास्ता, खाना मिलेको, पानीको प्रबन्ध पनि राम्रो भएको प्रतिक्रिया दिए ।
चुली मिश्रले कोरोनामुक्त भई घर जान पाउँदा एकदमै खुशी लागेको बताइन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि १४ दिन आइसोलेसन बसेर कोरोनामुक्त भई घर फर्किएकी छन् ।
यसअघि पर्सामा ७२ जना महिलासहित ३ सय ४५ जना कोरोनामुक्त भई घर फर्केका थिए ।