बालबालिकाले मास्क लगाउनेसम्बन्धी डब्ल्यूएचओको नयाँ नियममा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ७, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ७, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरुले भने मास्क लगाउन सक्छन् । उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरुलाई आग्रह गरेको छ । यसैगरी १२ वर्षमाथिका बालबालिकाहरुलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गरी उक्त कुराहरु बताएको छ । साथै विश्व स्वास्थ्य संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस