भाद्र १८,काठमाडौँ । २० वर्षपछि एसियाली खेलकुदमा रजत पदक जितेको प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप नगरपरिक्रमा गराएको छ ।
तर नगरपरिक्रममा अन्य खेलाडी तथा खेल पदाधिकारीको भने निकै न्यून उपस्थिति रह्यो । १२ बजेबाट सुरु हुने भनिएको कार्यक्रम आधा घण्टा जति ढिलो भएको थियो । एसियाडमा पदक जितेका खेलाडीलाई घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा गएर टुङगिएको थियो ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहितका पदाधिकारीले नगरपरिक्रमामा साथ दिएका थिए । एसियाडमा नेपाललाई एक मात्र पदक दिलाएको प्याराग्लाडिङमा ५ खेलाडी रहेका छन् ।
सम्मान कार्यक्रममा प्रधानमन्त्री ओली आउने भनिए पनि अन्तिम समयमा आउनु भएन ।