बिश्वभर कोरोना संक्रमित तिब्र रुपमा थपिँदा एक करोड ५८ लाख संक्रमित कोरोनामुक्त !

भाद्र ७, काठमाडौं । विश्वमा कोरोनाभाइरस संक्रमित दिनदिनै बढिरहेका छन् । हिजो मात्र विश्वमा दुई लाख ५० हजार ४०२ जना संक्रमित थपिए । र, हिजो कोरोनाभाइरस संक्रमणका कारण पाँच हजार १०३ जनाको मृत्यु भयो । तर, विश्वका सक्रिय संक्रमित भने निकै कम छन्। संक्रमितमध्ये झण्डै ७५ प्रतिशत निको भइसकेका छन् । वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५९ हजार ६९० पुगेको छ भने यसमध्ये एक करोड ५८ लाख ९१ हजार ५०२ जना संक्रमणमुक्त भएका छन्। ६६ लाख ६० हजार ४८५ जना सक्रिय संक्रमित छन् ।

सबैभन्दा धेरै अमेरिकामा, ५८ लाख ४० हजार ८६९ जनामा संक्रमण देखिएको छ। अमेरिकामा ३१ लाख ४७ हजार ५८ जना संक्रमणमुक्त भइसकेका छन् । यसैगरी, ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना स्ंक्रमणमुक्त भएका छन् । ३० लाख ४३ हजार ४३६ जनामा संक्रमण देखिएको भारतमा २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका वल्डोमिटर्सको तथ्यांमा उल्लेख छ । कोरोना संक्रमणबाट विश्वमा अहिलेसम्म ८ लाख ७ हजार ७०३ जनाको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply