चार दिनदेखि विद्युत् आपूर्तिमा समस्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र ७, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ७, पाल्पा । विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए। विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए ।

विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् । वडासचिव हुमबहादुर कुँवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए । क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस