पर्सामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र ७, पर्सा ।  नारायणी अस्पताल प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लाका ११ सहित एक सय ५६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा उदय नारायण सिंहले जानकारी दिए । संक्रमित हुनेमा तीन वर्षीय बालकदेखि ७० वर्षसम्मका रहेको सिंहले बताए ।

सिंहका अनुसार संक्रमित हुनेमा नेशनल मेडिकल कलेज, तराई हस्पिटल, भवानी हस्पिटलका स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी र पर्साका संचारकर्मीसमेत रहेका छन् । योसँगै पर्सामा हालसम्म संक्रमित हुनेको संख्या एक हजार नौ सय ३५ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply