कोरोना महामारीमा सरकारलाई साथ : ‘मनमोहन मेडिकल कलेज दहचोक’ बन्यो व्यवस्थित क्वारेन्टिन

Post Thumbnail

भाद्र ७, काठमाडौँ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.को तर्फबाट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालनका लागि काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १, दहचोकमा निर्माण भएको ७५,००० वर्गफिट क्षेत्रफल ओगटेको ५ तल्ले ६० कोठा ७ वटा ल्याव सहित हल भएको वेसिक साईन्स भवन यतिबेला कोरोना भाइरसबाट संक्रमितको लागि राख्न प्रयोग भइरहेको छ ।

नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७ र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ को निर्णय अनुसार क्वारेन्टिन सञ्चालन गर्नका लागि सरकारले यस संस्थालाई अनुरोध गरेका थियो । महामारीमा स्व. नेता मनमोहन अधिकारीको स्मृतिमा बनेको सहकारी संस्थाले सरकारलाई अप्ठ्यारो परेको र राष्ट्रव्यापी फैलिरहेको महामारीलाई नियन्त्रण गर्न आफ्नो कर्तव्य ठानी नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई मिति २०७७/०२/२५ मा नै उपलब्ध गराई सकेको थियो ।

उक्त भवनमा कोभिड–१९ का बिरामीहरुलाई राख्नका लागि ३३३ शैया तयार गरि मिति २०७७ साल भाद्र २ गतेबाट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूबाट नै शुरु गरिसकेको छ ।

हालसम्म यहाँ ६८ जना पिसिआर पाजेटिभ तथा अन्य बिरामीहरु आईसकेको र नीजहरुलाई यस सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी र त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणहरुको ब्यवस्थापनमा त्यहाँ आईपुगेका सम्पूर्ण पिसिआर पोजेटिभ बिरामीहरुलाई आइसोलेशन तथा उपचार गर्न सुरु गरेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

सो अस्पतालमा उपचाररत सबैजना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस