खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने

भाद्र ७,काठमाडौँ । काठमाण्डौ उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो ।

दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खोल्न पाइनेछ ।

उपत्यकामा सङ्क्रमण बढेपछि गएको भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको छ ।

संम्बन्धित समचार

Leave a Comment