नेप्से १२ दशमलव ७७ अङ्कले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ७, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ७,काठमाडौँ । आइतबार शेयरबजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १२ दशमलव ७७ अङ्कले बढेर १४ सय १० दशमलव ३४ अङ्कमा पुगेको छ ।

आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ । निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अङ्कले बढेको छ ।

आज एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् । आज सम्बृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका शेयरधनीले भने झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

ताजा अपडेट

१ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस