निषेधाज्ञा लागू भएदेखि यता उपत्यकामा ५ हजारभन्दा धेरै गाडीलाई होल्ड !

Post Thumbnail

भाद्र ८,काठमाडौँ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएदेखि यता ५ हजारभन्दा धेरै गाडीलाई होल्ड गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन २९ सय २ वटा गाडीलाई होल्ड गरिएकोमा हिजो ७२३ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सङ्क्रमणदर बढ्दै जाँदा अतिआवश्यक गाडीबाहेक अरुलाई कडाइ गरिएको महाशाखाका सूचना अधिकारी एसपी बामदेव गौतमले बताउनुभयो ।

होल्डमा राखिएका गाडीलाई बेलुकी ८ बजे मात्रै छाड्ने गरिएको छ । सरकारले अनावश्यक घरबाट बाहिर ननिस्कन, निस्कनै परे स्वास्थ्यका मापदण्ड पालना गर्न र सुरक्षित बन्न आग्रह गरिरहेको छ ।

यस्तै निषेधाज्ञाको अवज्ञा गर्ने क्रम बढेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस