नेकपा अध्यक्षद्धयको भेटवार्ता स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ८, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ८,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ । दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो ।

दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस