धादिङ–नुवाकोट, यूके समाजद्धारा दुई जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन हस्तान्तरण

Post Thumbnail

भाद्र ८,काठमाडौँ । धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई धादिङ–नुवाकोट, यूके समाजले प्रदान गरेको पोर्टेवल अक्सिजन मेसिन सेट आज हस्तान्तरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त सामाग्री धादिङ र नुवाकोटका जनप्रतिनीधिको उपस्थितिमा अस्पतालका प्रतिनीधिहरुलाई हस्तान्तरण गरेको टिकाराम नेपालीले अनलाइनकेन्द्रलाई बताए।

यूकेमा रहेका साथीहरुले चन्दा उठाएर महत्वपूर्ण सामान पठाई दिएकोमा खुसी व्यक्त गर्दै, धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले समाजलाई विशेष धन्यावाद दिए । उनले अस्पतालहरुलाई उक्त उपकरण विरामीमैत्री र परिणममुखि बनाउन आग्रह समेत गरेको नेपालीले जानकारी दिए ।

धादिङ र नुवाकोटलाई अत्यन्त आवश्यक रहेको जानकारी आएपछि हामीले पोर्टेवल अक्सिजन सेट मेसिन सहयोग गरेको होऔं, मन्त्रालयले हस्तान्तरण गरेको खबरले हर्षित भएको धादिङ–नुवाकोट, यूके समाजका अध्यक्ष सि.बि. लामाले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस