उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १०, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १०,काठमाडौँ । उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्ने भएको छ । तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बस्ने भएको हो ।

पहिला आन्तरिक छलफल गर्ने तयारी भैरहेको र त्यसपछि बैठक बसेर निर्णय गर्ने ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । बैठकले एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको छ । विभिन्न क्षेत्रबाट पनि अझै एक हप्ता थप्नुपर्ने सुझाव आएको पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

यसअघि भदौ ३ गतेराति १२ बजेदेखि लागू हुने गरी काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस