कक्षा ११ को उत्कृष्ट गन्तब्यमा एलआरआई किन ?

भाद्र १०,काठमाडौँ । एसइई पास त भैयो अब कहाँ पढ्ने ? के पढ्ने ? बिद्यार्थी तथा अभिभावकमा पनि अन्योलता हुन सक्छ । ठ्याक्कै बिचार पुर्याउनुपर्ने बेला पनि यहि हो । अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो शिक्षाका लागि पक्कै पनि सोचेकै हुन्छन् । स्कुल कलेजले आफुलाइ अब्बल र स्तरिय दाबी गरेकै हुन्छन् । त्यो भिडमा बिद्यार्थी मात्र हैन । अभिभावक नै अलमलमा हुनु स्वभाबिक नै हो।

उपत्यकामा रहेका उच्च मा. बि. को भिडमा उत्कृष्टहरु मध्येको एक एलआरआईले हजारौँ उत्कृष्ट बिध्यार्थी उत्पादन गरिरहेको छ । जहाँ अध्ययन गरेका धेरै पुर्वबिध्यार्थीहरु आज प्रतिष्ठित स्थानमा परिचित छन। राम्रा बिध्यार्थी उत्पादन गर्न एलआरआई बर्सौदेखि लागिपरेको छ। स्तरिय शिक्षाको लागि एलआरआई विकल्पको रुपमा रहेको प्लस टु का संयोजक पुष्करनाथ फुलारा बताउछन् ।

शिक्षा क्षेत्रका अग्रज ब्याक्तित्व शिवराज पन्तको लामो अनुभवका कारणपनि एलआरआईले स्तरीय शिक्षामा फड्को मारेको छ, छुट्टै पहिचान बनाएको छ। एलआरआईमा कक्षा ११ का लागि विज्ञान, व्यवस्थापन र मानविकी तथा कानुन यी चारै बिधामा पढ्न पाइन्छ ।
नयाँ भर्नाका लागि बिध्यालय प्रशासनमा सम्पर्क गर्न अथवा http://lrischool.edu.np/ मा लगइन गरि नाम दर्ता गर्न सकिने विद्यालय व्यवस्थापनले जनाएको छ।

एलआरआईको जोड प्राक्टिकलमा, गरेर सिकौँ–आफै भोगौँ

लर्निङ् रेल्म इन्टरनेसनल स्कुल नाम जस्तै शिक्षणमा पनि त्यही तरिका अपनाउदै आइरहेको छ । अन्य स्कुलभन्दा फरक ढंगले एलआरआईले सिकाईमा जोड दिएका छन् । सबैभन्दा नयाँ अभ्यास त एलआरआईमा स्टुडेन्ट पार्लियामेन्टको छ । जुन नेपाली शैक्षिक संस्थामा पृथक अभ्यास हो । स्टुडेन्ट पार्लियामेन्टमा नेपालको संघिय संसदमा हुने अभ्यास हुने गर्छ । जहाँ सभामुख, विभिन्न राजनितिक दलबाट निर्वाचित दलका सांसद,उपसभामुख,संसदमा राष्ट्रपति,प्रधानमन्त्री बस्ने आसन, विदेशी पाहुनाको आसन निर्माण गरिएको छ । राजनितिमा रुची हुने र भोली देशको राजनितिक व्यवस्थामा संलग्न भएर निती निर्माता तहमा पुग्छु भन्ने बिद्यार्थीलाई महत्वुपर्ण अभ्यास गर्ने थलो हो भन्छन–प्लस टु का संयोजक फुलारा ।

अभ्यासको क्रममा सबै जिल्लाबाट जनप्रतिनिधीको रुपमा सांसदहरुले आ–आफ्नो जिल्लाको समस्या र समाधानको लागि आफुले ल्याएका योजना रोष्ट्रममा गएर सुनाउछन् । सभामुख मार्फत प्रधानमन्त्रीसम्म सांसदको आवाज पुर्याउन जोड गर्छन् । दलका नेताहरुबीच कुनै तिक्तता, बेमेल भयो भने गोप्य बैठक बसेर सहमतीहरु गर्छन् । यस्तो किसिमको अभ्यासले बिद्यार्थीलाई मुलुकको राजिनितक व्यवस्था, राज्यका विभिन्न निकायहरु कसरी चल्ने गर्छन भन्ने पढेर हैन् अभ्यास गरेर जान्छन् । यो अभ्यासले भोलीका दिनमा एलआरआईबाट डाक्टर,इन्जिनियर,नर्स,खेलाडी मात्रै हैन् अब भिजनवाला राजनितिज्ञ पनि निक्लने आशा गर्छन् स्कुलका संस्थापक पन्त । हुन पनि हो । असल,पढेका व्यक्तिहरु देश हाँक्नेगरी योजना लिएर आएभने पक्कै देशले काँचुली फेर्न धेरै समय लाग्दैन् ।

अन्य अभ्यास पनि यसरी हुन्छ्

स्कुलमा विज्ञानको प्रयोगात्मक अभ्यासको लागि प्रयोगशाला छन् । जहाँ विद्यार्थीले विज्ञानसंग केन्द्रित रहेका विभिन्न खोज अनुसन्धान गर्छन् । संगित सिक्नको लागि छुट्टै ग्यालरी छन् । त्यहाँ विभिन्न बाद्यबादनका सामाग्री छन् । विद्यार्थीले आफुलाई रुची लाग्ने म्युजिक सिक्न पाउछन् । खेलकुदको लागी फुटसल छन् । फुटबल खेल्न मन पराउनेले फुटबल खेल्छन् ।

भलिबल कोर्ट,क्रिकेटको अभ्यास गर्न बलिङ/ब्याटिङ पिच छ । ब्याडमिन्टन कोर्टसहित अन्य खेल अभ्यासको लागि पुर्वाधार बनेका छन् । स्कुलमा प्लम्बिङ, इलेक्ट्रिसियन लगायतका अभ्यास समेत गर्न पाइन्छ् । चित्रकला अभ्यासको लागि बिद्यार्थीको छुट्टै ग्यालरी छ् । जहाँ विभिन्न उत्कृष्ट चित्रहरु कोरेर बालबालिकाले प्रदर्शनी राख्ने गर्छन् ।

स्कुलमा कर्मचारी र शिक्षकसहित गरी १ सय ३२ जनाले रोजगारी पाएका छन् । राजधानीको मुखैमा रहेको कारणले होला् करिब ७७ वटै जिल्लाका बालबालिका यहाँ अध्ययन गर्छन् । लकडाउन अघि सम्म स्कुलमा झण्डै २८ सय बिद्यार्थी अध्ययनरत छन् ।

प्रविधिमैत्रीमा जोड गर्दै एलआरआई

अहिले कोरोना महामारीकै बीचमा एलआरआईले अनलाईन कक्षालाई जोड गरेको छ । सबै विद्यार्थीहरु अनलाईन कक्षामा सहभागी भइरहेका छन् । केही विद्यार्थीबाहेक सबै बिद्यार्थीले लकडाउनकै बीच स्कुलले लिएको परिक्षा अनलाईन कक्षाबाटै दिए ।

अब अनलाईनबाट अध्ययन–अध्यापनको लागि विशेष जोड गर्नुपर्ने बताउछन् संस्थापक पन्त । उनि भन्छन्–त्यसैले अब स्कुलले अनलाईनको लागि छुट्टै संरचना बनाउन लागेको छ् । हामी ठुलो स्क्रिनमा अनलाईनबाटै पढ्ने,होमवर्क जाँच गर्न सकिने, सबै बिद्यार्थीले अन्तरक्रिया गर्न सक्ने किसिमले अनलाईन कक्षालाई विशेष र अत्याधुनिक बनाउछौँ ।

संम्बन्धित समचार

Leave a Reply