राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

Post Thumbnail

भाद्र ११, काठमाण्डौ । साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ पुरस्कार स्थापना गरेको छ । चौतारीको बिहीवार बसेको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पुर्‍याएको योगदानको सम्मान गर्दै पुरस्कार स्थापना गरेको हो ।

सम्मानका लागि १ लाख ११ हजार १११ राशीको अक्षयकोष स्थापना गरिएको चौतारीका संस्थापक अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठले बताए । उनले अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष चौतारीको वार्षिकोत्सवको अवसर पारेर साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’बाट पुरस्कृत गरिने जानकारी दिए । चौतारीले स्व। घिमिरेलाई विक्रम संवत् २०५९ सालमा अभिनन्दन गरेको थियो । स्थापनाकालदेखि हालसम्म संस्थालाई पुर्‍याएको योगदानको सम्मान गर्दै उनको १२ औं पुण्यतिथिमा भदौ १३ गते शनिवार श्रद्धाञ्जलि सभा गरिने संरक्षक श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस