एसिया कप क्रिकेट छनोटमा नेपाल र हङकङ भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १९, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । एसिया कप क्रिकेट छनोटअन्तर्गत नेपालले लिगको अन्तिम खेलमा आज चिरप्रतिद्वन्द्वी हङकङसँग खेल्दैछ ।

फाइनलमा पुग्नका लागि नेपाललाई चामत्कारिक जितको आवश्यक छ ।

एसिया कप छनोटको सुरुवाती दुई खेलमा पराजित भएपछि नेपालले फाइनलमा पुग्नका लागि अरुको भर पर्नुपरेको छ ।

त्यो पनि आफूले ठूलो मार्जिनको जित निकालेर पनि अरुले त्यही अनुसारको नतिजा हात पार्नुपर्नेछ । नेपालले हङकङलाई कम्तिमा १ सय ५० रनलाई हराएमा पनि पुग्दैन । ्

यता यूएईलाई पनि ओमानले करिब त्यस्तै नतिजाले हराउनु पर्नेछ । अंक तालिकामा ओमानको ७ अंक छ भने यूएईको ६ र हङकङको ५ अंक छ ।

अहिलेसम्म ४ अंक बटुलेको नेपालले आजको दिन चमत्कार भए मात्र फाइनलमा पुग्न सम्भव हुँदा नेपाल भने दबाबमुक्त भएर खेल्नेछ ।

किनकी आफ्नो हातबाट खेल गइसकेको अवस्थामा नेपालले हङकङलाई सक्दो ठूलो मार्जिनले हराउने लक्ष्यमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्वन्द्वी जस्तै हुन् ।

हङकङसँगका पछिल्ला सात खेलमध्ये नेपालले चार खेलमा जित हात पारेको छ । हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस