भाद्र १२, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकस्थित अरनिको राजमार्गको बाँसघारीमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु र तीजना घाइते भएका छन् । जगातीबाट साँगातर्फ जाँदै गरेको ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बर को पानीको जार बोकेको भ्यान एकापसमा ठोक्किँद्या भ्यानका चालक झापाको अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको हो ।
दुर्घटनामा भ्यानका सहचालक मोरङको अमरदह गाउँपालिका–८ का १५ वर्षीय विवेक राजबवशी गम्भीर घाइते भएका छन् । यस्तै, काभ्रेपलाञ्चोकको साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिनाको छोरा मेडिज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।