तातोपानी नाका दशैंअघि पूर्ण क्षमतामा सञ्‍चालन नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १२, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १२, काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार दशैंअघि पूर्णरूपमा सञ्चालनमा आउने सम्भावना न्यून बन्दै गएको छ । २५ असारको बाढीपहिरोले सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि तातोपानी नाका अहिलेसम्म खुल्न सकेको छैन । जम्बु बजारको बाटो अस्थायी रूपमा बनेपनि तातोपानी सुख्खा बन्दरगाहभन्दा करिब डेढ किलोमिटर तल रहेको दाक्लाङमा पहिरो जाँदा नाका १२ दिनदेखि बन्द थियो ।

तर, मंगलबारदेखि अस्थायी रूपमा बाटो सञ्चालनमा ल्याइएपनि फेरि बुधबार पहिरो आएर बाटो भत्किएको छ। ४र५ दिन लगाएर तयार पारिएको बाटो फेरि भत्किएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ।बनाएको केही घन्टामै बाटो भत्किँदा चीनसँगको व्यापार मात्र नभई त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि राजधानी ल्याउन समेत समस्या भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस