मुग्लिन-नारायणगढ सडक प्रयोग गर्दा ५५ रूपैयाँसम्म तिर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र १२, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौं । सरकारले नारायणगढ(मुग्लिन सडक उपभोग दस्तुर निर्धारण गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दस्तुर तय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार ३६ किलोमिटर लामो यो सडक खण्ड प्रयोग गरेबापत बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टले एकपटकमा ५५ रूपैयाँ तिर्नुपर्छ ।

यसैगरी हलुका सवारी साधनहरू कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २५ रूपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । गत साउनमा मन्त्रिपरिषद बैठकले यो बाटो प्रयोग गरेबापत उपभोग दस्तुर लिने निर्णय गरेको थियो। त्यसैअनुसार मन्त्रालयले अहिले शूल्क तोकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस