२४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण : ३१३ डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार १० हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ । यो निको हुनेको संख्या ५५ प्रतिशत हो । नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस