पछिल्लो २४ घन्टामा ३१३ कोरोना संक्रमित संक्रमणमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा २० हजार ५ सय ५५ जना संक्रमित उपचारपछि निको भएका छन्।

मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन् । शनिबार ११ हजार ५१६ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो । मन्त्रालयका अनुसार ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस