दशैंको अग्रीम टिकट बुकिङमा अन्योल: दशैंअघि नै भाडा समायोजन गर्न व्यवसायीको माग !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १९, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १९,काठमाडौँ । यो वर्ष पनि दशैंको अग्रीम टिकट बुकिङमा अन्योल उत्पन्न भएको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेका छन् ।

त्यसो नभए दशैंमा गाडी चलाउन अप्ठेरो पर्ने जानकारी व्यवसायीले सरकारलाई दिएका छन् । हाल सबै यातायात समितिहरु कम्पनीमा गईनसकेका कारण सरकारले उनीहरुसँग नै सहयोग माग्नुपर्ने अवस्था छ ।

गत वर्षहरुमा व्यवसायीले विभिन्न माग राख्दै बुकिङ अन्योलमा अन्योल सिर्जना गर्थे । यसवर्ष सरकारले यातायात समितिहरुको नवीरकण त रोकेको छ, तर पुससम्म व्यवसायीहरुलाई कम्पनीमा जान समय दिइएको छ ।

अघिल्लो वर्ष पनि व्यवसायीले दशैंअघि भाडा समायोजन गर्नुपर्ने मुद्दा उठाउँदा सरकारले चाडपर्वपछि छलफल गर्ने भनेको थियो । तर, पछि सम्वाद भएन । बरु विभागले सिन्डिकेट तोड्ने गरी विभिन्न नीति ल्यायो । यसैकारण व्यवायीलाई समिति छाडेर कम्पनीमा नै जानैपर्ने भएको छ ।

अहिले व्यवसायीले सवारी दुर्घटनामा घाइतेहरुको उपचार खर्च, क्षतिपूर्ति लगायतका मुद्दा बीमामार्फत सम्बोधन नभएसम्म बुकिङ खोल्न नसकिने बताएका छन् । यस्तै तेल भाउ लगातार बढिरहँदा पनि भाडा समायोजन नभएकाले वैज्ञानिक तवरबाट भाडा वृद्धि गर्न उनीहरुको माग छ । यसो नभएमा दशैंमा गाडी जोखिम मोलेर घाटामा सवारी चलाउन नसकिने तर्क उनीहरुको छ ।

सरकारले व्यवसायीलाई दशैंभन्दा एक महिनाअघि बाटै लामो दूरीमा जाने यात्रुको लागि बुकिङ खोल्न प्रस्ताव गरेको थियो । तर, व्यवसायीले यसलाई स्वीकार गरिसकेका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारको अदूरदर्शी नीति र हेलचेक्र्याइँका कारण यातायात क्षेत्रमा अन्योल उत्पन्न भएको बताए ।

उनले सिीडकेट अन्त्य गरेको सरकारले यातायात व्यवस्थापनका लागि सिन्को नभाँच्दा समस्या बढेको बताए । आफूहरुले अग्रीम बुकिङका लागि कुनै अवरोध सिर्जाना नगर्ने दावी गर्दै सिटौलाले अब यातायात क्षेत्रको समस्या कसरी समाधान गर्ने हो भन्ने सरकारले नै सोच्नुपर्ने बताए ।

व्यवसायीले आफ्ना तमाम समस्या समाधान नगरेसम्म बुकिङ खोल्न अप्ठेरो रहेको बताएका छन् । यसका लागि बुधबार व्यवसायीसँग विभागले छलफल गर्दैछ । महानिर्देशक ढकालले सबै समस्यालाई समाधान गरेर दशैंमा सहजसँग यात्रुलाई घर पुग्ने वातावरण तयार गरिने बताए । यदि व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार भए दशैंअघि नै गाडी भाडा बढ्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस