कोरोना परीक्षण गर्दै हुनुहुन्छ ? शुल्क ११ सयले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो ।

अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस