भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, ७९ हजार बढीमा संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १५, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन हिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् । योसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस