सानो पाइलाद्वारा नारायणी अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण

Post Thumbnail

दिपु वर्णवाल

भाद्र १५,विरगञ्ज । वीरगञ्जका कोभिड सङ्क्रमितहरुलाई अब रोबोटको सहयोगबाट आवश्यक औषधि र अन्य सेवाहरु दिइने छ ।

सामाजिक संस्था सानो पाइलाले राष्ट्रिय अनुसन्धान परिषद्को सहयोगमा नारायणी अस्पताललाई रोबोट उपलब्ध गराएको छ । अस्पताललाई उपलध गराइएको सिस्टर रोबोट रोबोटले वीरगञ्जका कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका सङ्क्रमितहरुका लागि खाना, औषधि र अन्य आवश्यक सामग्रीहरु पुर्‍याउने छ ।

अनुसन्धान केन्द्रले उपलब्ध गराएको रोबोट सानो पाइलाका पदाधिकारीहरुले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सञ्जयकुमार ठाकुरलाई हस्तान्तरण गरिएको थियो ।

रोबोटले गर्दा स्वास्थ्यकर्मीलाई खाना, औषधिलगायतका सामग्री लिएर सङ्क्रमितसम्म जानुपर्ने बाध्यताबाट छुटकारा पाइन्छ । विद्युतीय शक्तिले चल्ने धातुले बनेको रोबोट आजैदेखि प्रयोगमा ल्याइने मेसु डा. ठाकुरले बताए ।

सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरेपछि दैनिक रुपमा त्यसले काम गर्छ। सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगञ्जले सहयोगी संस्थालाई धन्यवाद दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस