डब्लुएचओ भन्छ-‘भ्याक्सिनको मन्जुरी दिने प्रक्रियालाई गम्भीरताका साथ लिनु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १६, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मन्जुरी दिने प्रक्रियालाई गम्भीरताका साथ लिन आपिल गरेको छ । डब्लुएचओकी मुख्य बैज्ञानिक सौम्या स्वमिनाथनले सबै देशले ट्रायल पुरा नहुदै भ्याक्सिनलाई अनुमति दिने अधिकार राख्ने तर यसलाई हल्का रुपमा लिने काम नगर्न आग्रह गरेकी छन् । डब्लुएचओका अनुसार अहिले कोरोनाविरुद्धका ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ भ्याक्सिन अझै प्रि(क्लिनिकल मुल्यांकनको चरणमा रहेका छन् । अहिले रुसले ट्रायल नसकिदै भ्याक्सिनलाई अनुमति दिइसकेको छ भने अमेरिकामा पनि ट्रायल पुरा नहुदै अनुमति दिने विषय बहसमा रहेको छ ।

यसका साथै डब्लुचओले बिना पर्याप्त व्यवस्था बिना कैयौ देशहरुले लकडाउन हटाएकोमा चिन्ता व्यक्त गरेको छ । अहिले पनि कैयौ देशमा ठुलो संख्यामा संक्रमित बढिरहेको भन्दै यदि मानिसहरुलाई एक ठाउमा जम्मा हुने दिइयो भने कोरोनालाई निमन्त्रणा गरे जस्तो हुने बताएको छ । विश्वभर कोरोनाबाट अहिलेसम्म २ करोड ५६ लाख भन्दा बढी संक्रमित भएका छन् भने ८ लाख ५४ हजार भन्दा बढीको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस