उपत्यकामा एक हप्ता लकडाउन थप्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १६, काठमाण्डौ । काठमाण्डु उपत्यकामा पुनः एक हप्ता लकडाउन थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता लकडाउन थपेर आवश्यक तयारी गर्ने स्रोतले जानकारी दियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने जानकारी दिए । उनले कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले लकडाउन थप्न सकिने संकेत गरेका छन् ।

‘सीसीएमसीको बैठक बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर लकडाउन थप्ने/नथप्नेबारे निर्णय गर्छ’, सिडिओ भट्टले भने । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउनले आर्थिक क्षेत्र ठप्प रहेकाले केही खुकुलो बनाउनुपर्ने आवाज उठे पनि संक्रमणको अवस्था हेर्दा उक्त सम्भावना नरहेको बताए ।

गत भदौ २ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाइका साथ लकडाउन लगाइएको हो । दोस्रो चरणको बुधबार राति १२ बजेदेखि सकिँदैछ । बुधबार काठमाण्डु, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप निर्णय गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस