प्रधानमन्त्री ओलीको आग्रहपछि बंगलादेशले ५० हजार टन युरिया पठाइदिने

भाद्र १७, काठमाण्डौ । नेपाल र बंगलादेशबीच कोरोना भाइरस कोभिड–१९को अहिलेको संकटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका बंगलादेशी समकक्षी शेख हसिना वाजेदबीच मंगलबार २ देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा २ देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले २ देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौं भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गरेका छन् । विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बंगलादेशलाई बिजुली आपूर्ति गर्नका साथै २ देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बंगलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बंगलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply