नेकपा सचिवालय बैठक सर्यो, राष्ट्रिय सभामा बामदेवको इन्ट्री पक्का !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा.युवराज खतिवडालाई लैजान चाहे पनि प्रचण्ड पक्षले त्यसमा सहमति जनाएको छैन ।

यसअघि नेकपाको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने प्रचण्ड पक्षको भनाइ छ । उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

स्रोतका अनुसार राष्ट्रियसभामा बामदेव गौतम इन, भएको र खतिवडा आउट भएको बुझिएको छ । गोप्य स्रोतका अनुसार यसबारे नेताहरुवीच फोनमै सहमति भइसकेको छ । युवराजको निम्ति अझै पनि माओवादी कित्ताका रामनारायण बिडारीलाई राजीनामा गराउन सकिन्छ कि भनेर सचिवालय बैठक ३ बजेसम्मलाई सर्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस