बाग्लुङ बाढी पहिरो अपडेट : १० जनाको शव भेटियो, ४१ जनाको अवस्था अझै अज्ञात !

भाद्र १८, बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा ४१ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

हराउनेको सङ्ख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक डीएसपी तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ । अरु थुप्रै घरमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ । घटनामा अहिलेसम्म चार जना घाइते भएको भेटिएको प्रहरीको भनाइ छ ।

वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक इन्स्पेक्टर प्रकाश सिंह भण्डारीले जानकारी दिए । माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताए ।

संम्बन्धित समचार

Leave a Reply