भाद्र २०,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस भएका छन ।
संवैधानिक परिषदको बुधबार बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तीको विषयमा पनि छलफल गरिएको परिषदका सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रमुख आयुक्तमा सिफारिस हुनु भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका हुन ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेयता दोस्रो वरियतामा रहनु भएका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन ।