निषेधाज्ञाले इन्धन खपत ७५ प्रतिशत घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १९, काठमाण्डौ । कोरोना महामारीसँगै मुलुकमा इन्धन खपतमा करिब ७५ प्रतिशतले कमी आएको छ । सरकारले कोरोना भाइरस कोभिड–१९ संक्रमण रोक्न लगाइएको निषेधाज्ञासँगै अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा उद्योग व्यवसाय बन्द र विकास निर्माण ठप्प भएसँगै इन्धन खपत घटेको हो । नेपाल आयल निगमका प्रवक्ता वीनितमणि उपाध्यायले निषेधाज्ञाका कारणले बजारमा इन्धन खपत ७५ प्रतिशतले घटेको जानकारी दिए ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ४२ हजार ७ सय ८७ किलोलिटरमा खपत हुने गरेकोमा अहिले पछिल्लो निषेधाज्ञापछि ४ हजार ६ सय ७५ किलोलिटर मात्र खपत भएको छ । यसैगरी सामान्य अवस्थामा मासिक १ लाख २३ हजार ३ सय २९ किलोलिटर डिजेल खपत हुने गरेकोमा अहिले घटेर १२ हजार २ सय ६३ किलोलिटरमा झरेको हो ।

यस्तै, सामान्य अवस्थामा मासिक हवाई इन्धन ११ हजार ८ सय ३० किलोलिटर खपत हुने गरेकामा अहिले घटेर ३ सय एक किलोलिटरमा झरेको हो । यसैगरी मासिक १ हजार ४ सय ९५ किलोलिटर मटीतेल खपत हुने गरेकामा अहिले एक सय ३६ किलोलिटरमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस