सुनको मूल्य तीन सातायताकै सस्तो, तोलाको ९६ हजार ४ सय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १९, काठमाडौं । सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो । छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ । साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेर फर्किएको हो । सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस