जव धादिङमा वृद्धको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे…

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ भाद्र १९, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १९, धादिङ । धादिङमा एक युवाले बृद्धको हत्या गरेर टाउको लगेर प्रहरी कार्यालयमा बुझाएका छन् । बिहीबार राति निलकण्ठ नगरपालिका १३ का २३ वर्षीय राजु परियारले स्थानीय ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् । गुरुङको हत्या गरेर टाउको झोलामा लिएर ती युवा जिल्ला प्रहरी कार्यालयमा पुगेको धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीहरुबीच राति १० बजे बाटोमा भेट भएको र बृद्ध गुरुङले राजुकी श्रीमतीलाई भेट्न हिँडेको भनेपछि विवाद सुरु भएको थियो । घटनास्थल नजिकै घरमा गएर युवाले खुर्पा ल्याएर बृद्धको हत्या गरेको बताएका छन् । ती युवाले बृद्धको टाउकोसँगै खुर्पा पनि प्रहरीलाई बुझाएका छन् । प्रहरी निरीक्षक सरोज राईसहितको टोली घटनास्थल पुगेर फर्किएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस