ललितपुरका विभिन्न ठाउँमा पाँच जनाभन्दा धेरै भेला हुन नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २०, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २०, ललितपुर । ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ । मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले हिजो कर्फ्यु लगाएको क्षेत्रमा अबको छ दिन मानिसहरुलाई भेला हुन रोक लगाएको हो । ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने भनिएको छ ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म भेला जम्मा हुन नपाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस