‘मेरो जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाडौं । बैतडीका दुईमहिने शिशु शिवांश अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित मार्मिक गीत ‘मेरो जिन्दगी’ सार्वजनीक भएको छ । कमला सापकोटाको शब्द तथा संगीत रहेको गीतमा गायक निशान भट्टराईको आवाज छ । बैतडीका पत्रकार महेश अवस्थीले आफ्नो दुईमहिने बालकलाई आफ्नै कलेजो प्रत्यारोपण गरी जीवन बचाएका थिए ।

गीतको भिडियोमा अवस्थी दम्पत्तीले आफ्नो बच्चालाई बचाउन नेपालदेखि भारतको अस्पतालसम्म गरेको संघर्षपूर्ण यात्रालाई प्रस्तुत गरेको छ । भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेले अभिनय गरेका छन् । खबरका अनुसार सबैले यसमा निःशुल्क काम गरेका छन् । त्यस्तै युट्युबबाट आउने रोयल्टी पनि शिवांशको उपचारमा खर्च गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस