थप नौ जना सङ्क्रमितको मृत्यु, कुल २८९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २१, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौँ । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै कोभिड–१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा दुई जना महिला र सात जना पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौँका ६४, ६८ र ८२ वर्षीय पुरुष छन् । त्यसैगरी, चितवनका ७०। धनुषा ३५, पर्साका ७७ वर्षीय पुरुष, मोरङका ४५ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने महिलामा मोरङकी ६४ र पा झापाकी ४५ वर्षीया रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस