वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकियो,उपचाररत बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने

Post Thumbnail

भाद्र २१, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस