८० टिमलाई पछि पार्दै नुवाकोट हाप्किडो संघ बिजयी,१० हजार पुरस्कार पोल्टामा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २१, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी

भाद्र २१, नुवाकोट । नुवाकोट मार्सल आर्टस हाप्किडो संघको आयोजनामा ‘प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिप २०७७’ सम्पन्न भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघको अनुमतिमा यहि भाद्र १० गतेदेखि १५ गतेसम्म आयोजना गरिएको ‘प्रथम राष्ट्रिय भर्चुअल सेल्फ–डिफेन्स हाप्किडो च्याम्पियनसिप’को खेलमा नुवाकोट हाप्किडो संघले उपाधी हात पारी च्याम्पियन बनेको हो ।
सात प्रदेश तथा ३० जिल्लाका बिभिन्न स्कुल,क्लव,डोजाङ गरि ८० टिम सहभागी भएको थियो । प्रतियोगीतामा नुवाकोट हाप्किडो खेलाडी समिर गुरुङ, दिनेश गुरुङ, निमेश गुरुङ, मनराज गुरुङको टिम प्रथम हुन सफल भएको हो । यसैगरी प्रदेश नम्बर ५ दाङ दोस्रो हुन सफल भएको छ भने प्रदेश नम्बर ४ कास्की पोखरा तेस्रो भएको छ ।
प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुको टिमलाई प्रमाण पत्र, मेडलका साथमा क्रमशः नगद रु. १० हजार, ७ हजार ५ सय र तृतियलाई ५ हजार प्रदान गरिएको छ । बिश्व कोरोना भाइरस (कोभिड–१९) को माहामारीको कारण ग्रसित भईरहेको यो अबस्थामा खेलकुद गतिबिधी समेत ठप्प रहेको अबस्थामा नुवाकोट हाप्किडो संघले अनलाईन मार्फत उक्त प्रतियोगीता सञ्चालन गरेको हो ।

नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०२२ मा नेपालमै हुन लागेको ‘बिश्व हाप्किडो च्याम्पियनसिप’का लागी तयारीमा रहेको नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष मजोज लामाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस