केन्द्र सरकारप्रति असन्तुष्ट रहेका सातै प्रदेशका मुख्यमन्त्री पोखरामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २१, पोखरा । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला आज पोखरामा हुँदैछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्रीहरु पोखरा पुगेका छन् ।

यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको गण्डकी प्रदेशले आज मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए ।

अन्य प्रदेशका मुख्यमन्त्रीले पनि केन्द्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ । मुख्य मन्त्रीहरुको भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका विषयमा छलफल हुने गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

भेलामा प्रदेशका मुख्यमन्त्रीहरूले भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा छलफल गर्ने तयारी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस