कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एकहप्ता पछि धकेलियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एकहप्ता सरेको छ ।

विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण भदौ २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफलमा लागि बैठक बोलाइएको थियो ।

सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस