भाद्र २१, काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि बढेको छ ।
आज १ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ ।
भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।