भारतमा कोरोना संक्रमणबाट लगातार सात दिन एक हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाण्डौ । अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रणमा आइरहँदा भारतमा भने झनै बढ्न थालेको छ । त्यहाँ लगातार सात दिन एक हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा १ सेप्टेम्बरमा एक हजार २५ जनाको मृत्यु भएको थियो । त्यस यता सात दिनमा सात हजार ३८१ जनाको मृत्यु भएको छ । पछिल्लो सात दिनमध्ये हिजो सबैभन्दा धेरैको मृत्यु भएको छ ।

हिजो भारतमा एक हजार १२९ जनाको मृत्यु भयो। यही अवधिमा अमेरिकामा २८६ र ब्राजिलमा ३१५ जनाको मृत्यु भयो । गएको २४ घन्टामा सबैभन्दा बढी संक्रमित पनि भारतमा नै भेटिएका छन् । त्यहाँ हिजो ७५ हजार २२ जना नयाँ संक्रमित भेटिए । जबकि अमेरिकामा २५ हजार ३१७ र ब्राजिलमा १० हजार १८८ नयाँ संक्रमित भेटिएका छन् ।
अघिल्लो दिन आइतबार भारतमा एक हजार आठ जनाको मृत्यु भएको थियो। आइतबार नै अमेरिकामा ४३० र ब्राजिलमा ४५६ जनाको मृत्यु भएको थियो ।

त्यही दिन भारतमा ९१ हजार ७२३ नयाँ संक्रमित थपिएका थिए । कुनै पनि देशमा एकै दिन भेटिएका संक्रमितको यो अहिलेसम्मकै ठूलो संख्या हो । त्यही दिन अमेरिकामा ३१ हजार र ब्राजिलमा १४ हजार नयाँ संक्रमित थपिएका थिए । भारतमा संक्रमितको संख्या ४२ लाख ७७ हजार पुगेको छ । तीमध्ये ३३ लाख २१ हजार निको भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित आठ लाख ८३ हजार ३४८ छ। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस