मधुमेह पीडित पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २३, वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु भएको छ । महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको सोमबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । गत भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि गत भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए । मधुमेहको समस्या समेत रहेको उनको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको चौरसियाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस