सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २४, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २४,काठमाडौँ । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए । सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् । यो सिजन सन्दीपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस