असोजदेखि सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौं । यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि लामो÷छोटो दुवै दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि बन्दाबन्दी गरेर सार्वजनिक यातायात सञ्चालन निषेध गरेको थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र मात्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यसपछि व्यवसायीले ४ महीनासम्म ग्यारेजमै थन्किएका सवारीसाधन सामान्य मर्मत गरेर सडकमा गुडाएका थिए । तर, सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरूले पनि बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द थिए । निषेधाज्ञा लगाएर सार्वजनिक यातायात बन्द गरेपछि रुष्ट व्यवसायीले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको आरोप लगाएका छन् । अब पनि सरकारले निषेधाज्ञा जारी राखे आपैm सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको चेतावनी छ ।

सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने निर्णयसहितको माग गरी व्यवसायीहरू यातायात व्यवस्था विभागमा पुगेका थिए । उनीहरूले विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारसँग यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए । उनका अनुसार अब निषेधाज्ञा थपिए पनि त्यसलाई व्यवसायीले प्रतिकार गर्नेछन् । सरकारले बनाएको मापदण्डअनुसार सीट क्षमताभन्दा आधा यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गरिने उनको भनाइ छ । महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजारभन्दा बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यस क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस