सबैको सल्लाहमा महाधिवेशन सारिने छ : नेकां सभापति देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

भाद्र २५, ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्न कठिन देखिएकाले सबैको सल्लाहमै मिति सारिने बताएका छन् । उनले महाधिवेशनमा स्वस्थ र निष्पक्ष प्रतिस्पर्धा गराउन आफू तयार रहेको स्पष्ट पनि पारे । संविधानले तोकेको अवधिभित्रै महाधिवेशन गर्न आफू पूर्णप्रतिबद्ध रहेको बताउँदै सभापति देउवाले भने, ‘‘महाअधिवेशन तोकिएकै समयमा हुनुपर्छ । म त समयमै गर्ने पक्षमा छु तर कोरोनाका यत्रो महामारी छ, त्यसैले सार्नुपर्ने हुन सक्छ, त्यसलै सबैको सल्लाहमै मिति सारिने छ ।’’ कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुने तय भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले बुधबार बी।पी। कोइरालाको १०७ औं जन्म जयन्तीको सन्दर्भ पारेर आयोजना गरेको ‘बीपी विचार समुन्नतिको मूलबाटो’ विषयका अभौतिक गोष्ठीलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानमन्त्री देउवाले बीपीले देखाएको बाटो कहिल्यै नछाडेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सर्वसम्मत् नेतृत्वका लागि पहल गरौं, त्यसमा म तयार छु, आवश्यक आधारहरू तय गरौं र त्याग गर्नुपर्ने अवस्था आएमा सबैले तयार हुनुपर्छ भने । एकता न्याय, निष्पक्ष र पारदर्शी हिसाबले मूल्याङ्कनका आधारमा हुनुपर्ने जोड उनको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस