जापानका निसिकोरी यूएस ओपन टेनिसको सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । जापानका केइ निसिकोरी वर्षको चौथो ग्राण्डस्लाम यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

न्युयोर्कको अत्याधिक गर्मीका बीच चार घण्टा ८ मिनेटसम्म चलेको खेलमा निसिकोरीले सातौं वरियाताका मारिन सिलिकलाई पाँच सेटमा स्लब्ध बनाए ।

पहिलो सेट २–६ ले गुमाएका निरिकोरीले दोस्रो र तेस्रो सेट क्रमश ६–४ र ७–६ ले जिते । चौथो सेट ४–६ ले गुमाएका निसिकोरीले पाँचौं तथा अन्तिम खेलमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् ।

२८ वर्षीय निसिकोरीले सेमिफाइनलमा सर्वियाका नोभाक जोकोभिच र अष्ट्रेलियाका जोन मिलम्यानबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस