उपत्यकामा बढ्यो चहलपहल: सार्वजनिक गाडी चल्न थाले

Post Thumbnail

भाद्र २५,काठमाडौँ । काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी खुल्न थालेका छन् । जोर–बिजोर प्रणालीमा गाडी खुलाउने निर्णयअनुसार आज बिजोर नम्बरका गाडी चल्न थालेका छन् ।

हिजो उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर-बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउने निर्णय गरेकाले आज बिजोर बार बिजोर नम्बरका गाडी चल्न थालेका छन् । निजी र सार्वजनिक सबै गाडीमा जोर(बिजोर प्रणाली लागू हुनेछ ।

नियम पालना नगरी गाडी चलाउनेलाई होल्ड गरी बेलुका मात्रै छोड्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसका लागि बिहानैदेखि ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गरिरहेका महाशाखाले जनाएको छ ।

जोर(बिजोर प्रणालीमा गाडी चलाउन पाइने भए पनि सार्वजनिक गाडी भने १६ सिट क्षमताभन्दा माथिका गाडी मात्रै चलाउन पाइने छ । यस्तै यस्ता गाडीमा एक सिट छोडेर यात्रु राख्नु पर्ने छ भने गाडी चलाउँदा र चढ्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस