सुनको भाउ फेरि उकालो लाग्यो !

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २५, काठमाडौं । बिहीबार सुनको भाउप्रति तोला ४ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस